२०८२ फाल्गुन २९ , शुक्रवार

विप्लवका दुई नेता पक्राउ

 

सुनाखरी न्युज / दार्चुला । दार्चुलाको लेकममा चुनाव विरोधी गतिविधि गरिरहेका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले विप्लव नेतृत्वको नेकपाका दुई जनालाई पक्राउ गरिएको बताएका हुन् । जिल्लाको लेकम गाउँपालिका १ स्थित बडिपुर मावि सर्मोलीको मतदान केन्द्रबाट नेकपाको युवा सङ्गठनका केन्द्रीय सदस्य जीवन विष्ट र नेकपाका जिल्ला सदस्य सुरेन्द्र विष्टलाई पक्राउ गरिएको उनले बताएका हुन् ।

पक्राउ परेका दुवै जनालाई रातामाटा प्रहरी चौकीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता शाहीले बताएका छन् ।