२०८२ चैत्र ५ , बिहिवार

चितवनमा कांग्रेस नेता उमेश श्रेष्ठको गाडी तोडफोड

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ। बुधबार बिहान अपरिचत व्यक्तिको समूहले श्रेष्ठको गाडीमाथि तोडफोड गरेका हुन्।

 

श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बिहान ११ बजेतिर तोडफोड गरेको प्रहरीले जनाएको छ । गाडी रोकेर भेटघाटमा रहेको बेला भरतपुर महानगरपालिका वडा नं १० पुरानो मेडिकल कलेज अगाडि श्रेष्ठको गाडीमाथि तोडफोड भएको हो।

 

तीनवटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ। केही दिनअघि चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको गाडीमा पनि तोडफोड भएको थियो।