२०८१ बैशाख १८ , मंगलबार

नेपाल बुद्धिचाल संघलाई समृद्धि फाईनान्सको साथ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल बुद्धिचाल संघ र समृद्धि फाईनान्स कम्पनी लिमिटेडका बिच प्रायोजन सम्झौता सम्पन्नभएको छ । नेपाल बुद्धिचाल संघद्धारा आगामीकार्तिक १९ देखि २१ गते सम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनशीपका लागि उक्त प्रायोजन सम्झौतागरिएको हो । शुक्रबार एक समारोहका बिच नेपाल बुद्धिचाल संघका अध्यक्षविदुरप्रसाद गौतम तथा समृद्धि फाईनान्स कम्पनी लिमिटेडका प्रमुखकार्यकारी अधिकृत टिका निधीलोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

करिब ७लाख ५० हजारको लागतमा सम्पन्नहुने च्याम्पियनशीपको मुख्यप्रायोजकका रुपमा समृद्धि फाईनान्सले नेपाल बुद्धिचाल संघलाई ३ लाख रुपैंया प्रदानगर्नेछ । कार्यक्रममा समृद्धिका सिईओ लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरतादिनआफु प्रतिवद्ध रहेको बताएका छन् । त्यसैगरी बुद्धिचाल संघका अध्यक्षगौतमले संघद्धारा आयोजनागरिने विभिन्नबिधाकाकरिब १५ वटा राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा सञ्चालनगर्नका लागिप्रयासरत रहेको जानकारी दिए । साथै गौतमले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागीतामामात्र नेपालमा चेस खेललाई व्यवसायीकरण गर्न सकिने बताए ।

 

समृद्धि फाईनान्सको सभाकक्षमाआयोजितकार्यक्रममा नेपाल बुद्धिचाल संघका उपाध्यक्ष सुवोधराज शेर्पालीतथा सचिवउमेश केसीको सहभागीता रहेको थियो । त्यसैगरी समृद्धि फाईनान्सकातर्फबाट चिफअपरेटिङ अफिसर चुडामणी खनालतथाब्राण्ड एण्ड प्रोडक्ट डिर्पाटमेन्ट हेड सुरज कुमार सराफको उपस्थिती रहेका थिए । गतअसार अन्तिम साता काठमाण्डौमा सम्पन्नअधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँकार्यसमितिले राष्ट्रिय प्रतियोगिताहरुको क्यालेण्डरलाई कार्यसमिति बैठकबाट अनुमोदन गराईसकेको छ । साथै संघले आगामीमंसिर महिनामा नेशनलबीतथा नेशनल सिटी च्याम्पियनशीपको समेत तयारी शुरु गरिसकेको छ ।