सुनाखरी न्युज/ मकवानपुर । यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ५ जना पक्राउ परेका छन्। चाडपर्वको समयमा यात्रुहरुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ।
मिती २०७९।०६/२८ गते बिहान ०९:०० बजेको समयमा प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. २ पुरानो मकवानपुर रोड स्थित सडकमा काठमाण्डौ जाने यात्रुहरु संग तोकिएको दर भन्दा बढी भाडा लिईरहेको अवस्थामा निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरु निम्न छन ।
(क) जिल्ला बारा बारागढी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २२ को अनिल साह कलवार ।
(ख) जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. २ मानसचोक बस्ने वर्ष २२ को रोहित थापा ।
(ग) ऐ.ऐ. वडा नं. ४ कमलडाँडा बस्ने वर्ष २० को निकेश लामा ।
(घ) ऐ.ऐ. वडा नं. १० भुटनदेवी बस्ने वर्ष १८ को निशान श्रेष्ठ ।
(ङ) ऐ.ऐ. बस्ने वर्ष ३५ को आकाश लामा ।