२०८३ श्रावण १५ , शुक्रवार

गायत्री सिकाई केन्द्रको साधारण सभा सम्पन्न  

शिशिर पौडेल / पोखरा। पोखराको वडा नं १९ लाई कार्य छेत्र वनाएको गायत्री वहुउद्देशिय सामुदायिक सिकाई केन्द्रको साधारण सभा सम्पन्न  भएको छ। सभाको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले केन्द्रले गरेका कार्यहरू सकारात्मक रहेको बताउदै कृषि क्षेत्रमा समेत काम गर्न सुझाव दिनुभयो ।

 

उहाले केन्द्रले गर्ने कार्यलाई सहयोग गर्न स्थानिय सरकार तयार रहेको समेत स्पष्ट पार्नुभयो । केन्द्रका अध्यक्ष पुर्व वडाध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भयको कार्यक्रममा वडा सदस्य विकास आचार्य , पुर्व वडा सदस्य कृष्ण प्रसाद गौतम, शिक्षासेवी लेखनाथ लामिछाने, नव सचेतना क्लवका अध्यछ दर्शन पौडेल, महेन्द्र मा वि घार्मीका प्रधानाध्यापक वासुदेव पौडेल, विद्यालय व्यवस्थापन समिति एवं केन्द्रका पदाधिकारी सदस्य वैकुठ पौडेल लगायतकाले केन्द्रले गरेका कार्यको प्रशंसा गरेका थिए ।

 

परिचालिका पवित्रा पौडेलले पेश गरेको गत वर्षको प्रतिवेदन पास गर्नुका साथै आगामी कार्यक्रमलाई समेत अनुमोदन गरेको छ ।