२०८२ चैत्र २ , सोमवार

नारायणी नदीले नाघ्यो सतर्कता तह

सुनाखरी न्युज/ काठमाडौं । हिजोदेखिको अविरल वर्षाका कारण बाढी आउँदा नारायणी नदीको जलस्तरले सतर्कताको तह पार गरेको छ ।

नारायणी नदीमा बिहान ६:२० बजे सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ ।

 

विभागले जलाधारमा थप वर्षा हुनसक्ने भन्दै बिहीबार साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।