२०८२ चैत्र ४ , बुधवार

कुँडहर सहकारीको १५ औं स्थापना दिवस

सुनाखरी न्युज / पोखरा । पोखरा १० स्थित कुँडहर बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार १५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले कुँडहर आधारभूत विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै अस्पताल चोकमा रहेको प्रहरी बिटलाई सात थान प्लाष्टिक कुर्ची सहयोग गर्ने भएको छ । २८ जना शेयर सदस्यबाट शुरु भएको सहकारीमा हाल दुई हजार ६ सय बढी शेयर सदस्य आवद्व रहनुभएको छ । ‘निकै संघर्षका साथ आजको अवस्थामा आइपुग्यांै, सहकारीका अध्यक्ष विश्वबन्धु थापाले भन्नुभयो, हामी हाम्रो सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा स्थापित गर्ने कोशिस गरिरहेका छौं ।

 

विजय दशमीको शुभकामनासँगै आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका लेखा सुपरिवेक्षण समिति सदस्य विमला थापा बस्नेतले सहकारीका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसी, सहकारीका उपाध्यक्ष शिव बहादुर बराललगायतले बोल्नुभएको थियो । कुँडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक परिचालन उपसमितिका संयोजक गौतम थापाले स्वागत र सचिव सुरेन्द्र विनोद खनालले संचालन गर्नुभएको थियो ।