२०८१ बैशाख १८ , मंगलबार

डवली संस्कृतिलाई पुनर्स्थापना गर्नेछौँ : उपप्रमुख डंगोल

सुनाखरी न्युज / काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, डवली संस्कृतिलाई पुनस्र्थापना गर्ने बताउनुभएको छ । विश्व पर्यटन दिवस २०२२ का अवसरमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

 

‘अमूर्त संस्कृतिको विस्तार गर्ने ठाउँ नै डवली हो । यसबाट प्रदर्शन हुने कलाले सहरलाई जीवन्त बनाउने मात्र होइन । विश्वभर परिचित पनि गराउँछ । त्यसैले हामी डवली पुनर्स्थापनाको सोचलाई पर्यटनसँग जोडेर बर्षभरि काम गर्नेछौँ ।’कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले, जीवन्त सांस्कृतिक सहरलाई प्रवर्धन गरेर पर्यटन विस्तार गर्नुपर्ने बताउनुभयो । ‘महानगरका मौलिकता र यससँग जोडिएका संस्कृति, पर्यटकका रुचीकर छन् । यसलाई स्थानीयबासीको आय र जीविकोपार्जनसँग जोड्नुपर्छ ।’ संयोजक संगतको भनाइ थियो ।

दिवसको अवसर पारेर बसन्तपुरमा कला महोत्सव आयोजना गरियो । काठमाडौँको संस्कार, संस्कृति र जीवनसँग जोडिएका काठ, धातु, पत्थर र माटोका सामग्री प्रदर्शन तथा विक्रीका लागि राखिएका थिए । काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन संघका कार्यसमिति सदस्य चिरनरत्न शाक्यकाअनुसार, विक्रीका लागि राखिएका सामग्रीमा १ सय ५ं० रुपैयाँदेखि २ लाख ५० हजार मुल्य सम्मका थिए ।

 

आजको व्यापारबाट हामी उत्साहित छौँ । शाक्यले भन्नुभयो, सामग्री निर्माण कलालाई प्रत्यक्ष हेर्ने व्यवस्था मिलाएका थियौँ । यसमा आगन्तुकको विशेष रुची रह्यो । डवली संस्कृति प्रवर्धन गर्न सम्पदा तथा पर्यटन विभागले नारायण मन्दिर अगाडिको डवलीमा १ सय जना कलाकारको प्रस्तुति रहने अर्केष्ट्रा प्रदर्शन गरिरहेको छ ।