२०८२ फाल्गुन २६ , मंगलबार

“वियर जात्रा” मा उल्लेख्य सहभागिता

सुनाखरी न्युज / काठमाडौं । मदिरा व्यवसायी संघ ललितपुरद्धारा आयोजित “वियर जात्रा” कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । वडा दशैं, दिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको शुभकामना आदान प्रदान सहित आयोजना गरिएको सो वियर जात्रामा नेपालका प्रतिष्ठित ब्रुअरी कम्पनिहरुबाट उत्पादन गरिएका ३० थरिभन्दा बढि ब्राण्डका वियरहरु राखिएका थिए ।

 

ललितपुरको शंखमूल स्थित यल दरवार भेन्युमा आयोजना गरिएको “वियर जात्रा” कार्यक्रममा वियर कम्पनिहरुले विभिन्न प्रकारका छुटको व्यवस्था मिलाएकोले उल्लेख्य संख्यामा उपभोक्ताको सहभागिता भएको संघका सल्लाहकार मुकुन्द महर्जनले जानकारी दिनु भयो । “वियर जात्रा” मा गित संगित सहित विभिन्न खानाका परिकारका फुड स्टल पनि राखिएकोले सो “वियर जात्रा” एउटा महोत्सवमा परिणत भएको संघका अध्यक्ष उपेन्द्र लाखेले बताउनु भयो । हामी व्यवसायी मात्र नभएर उत्पादक र उपभोक्ता समेत यो कार्यक्रमबाट उत्साहित भएका छौं, अध्यक्ष लाखेले भन्नु भयो ।

 

नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाले उद्घाटन गर्नु भएको सो कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यों लगायत काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोक जिल्लाका मदिरा व्यवसायी र उपभोक्ताहरुको सहभागिता रहेको संघले जनाएको छ ।