२०८१ बैशाख १८ , मंगलबार

तोलामा ८०० ले महँगियो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।