२०८१ बैशाख १८ , मंगलबार

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट

सुनाखरी न्युज/ काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ। खप्तड लघुवित्तको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा एक कार्यक्रमबीच बाँडफाँड गरिएको हो।

 

आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो। यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

 

अन्तिम दिनसम्म यो आईपीओमा परेका कुल आवेदन १७ लाख ८४ हजार ६२५ आवेदकबाट १ करोड ९४ लाख १० हजार ६२५ कित्ता सेयर प्रमाणीकरण भएका छन्। जसमा १७ लाख ८३ हजार ७४ आवेदकबाट परेको १ करोड ९३ लाख ९४ हजार २२० कित्ता सेयर भएको छ भने १ हजार ५५१ आवेदकबाट परेको १६ हजार ७०० कित्ता बदर भएको छ। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट भाग्यमानी १२ हजार ३४० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी सदरमध्ये १७ लाख ७० हजार ७३४ आवेदकको हात खाली भएको छ।

 

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल र धितोपत्र बिक्रीकर्ता कम्पनी खप्तड लघुवित्तको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।