२०८१ बैशाख १८ , मंगलबार

प्रभु क्यापिटलले ल्यायो ग्राहकको लागि विशेष अफर

सुनाखरी न्युज/ काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । गत बुधबार प्रभु क्यापिटल तथा ट्रान्क्वालिटी एसपीएका बीचमा सम्झौता भएको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वालिटी एसपीएकाबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।

 

यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एपडाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गनपर्ने कम्पनीले जनाएको छ । हितग्राहीले चेक आउट ÷बिल पेमेन्ट प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्रान्क्वालिटी एसपीएकाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।

 

असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् । यो अफर हालसम्म एप डाउनलोड गरेका हितग्राहीको हकमा समेत लागू हुने कम्पनीले जनाएको छ ।