२०८१ बैशाख १८ , मंगलबार

ट्रकको कन्टेनरभित्र एक पुरुषको शव भेटियो

 

सुनाखरी न्युज /मोरङ – मोरङमा एउटा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३०र३५ वर्षको पुरुषको शव ट्रकभित्र फेला परेको प्रहरीले जनाएको छ ।

 

कन्टेनर केही दिनदेखि त्यहाँ रोकेर राखिएको थियो । ना ३ ख ४७४३ नं को ट्रक कन्टेरभित्र मंगलवार बिहान एक पुरुषको शव भेटिएको हो ।

 

 

शवको पहिचान नखुलेको मोरङ प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको टोली पुगेर थप घटनाको अनुसन्धान शुरु गरेको छ ।