२०८१ बैशाख १८ , मंगलबार

पाल्पामा अटो र जिप ठोक्किँदा एकको मृत्यु

 

सुनाखरी न्युज/ काठमाडौं- पाल्पामा जिल्लामा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् ।

 

पाल्पाको रामपुर नगरपालिका बेझाड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप सानी अमराईमा ठोक्किँदा निस्दी गाउँपालिका–२ का ४५ वर्षीय चोपबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

 

दुर्घटनामा रामपुर नगरपालिका–३, का ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री,उनकै छोरी १० वर्षीय अञ्जली थापा क्षेत्री र १२ वर्षीय पुष्पा थापा क्षेत्री घाइते भएका हुन् । उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।