२०८१ बैशाख १८ , मंगलबार

नेपालमा पहिलोपल्ट टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१को तालिम कार्यक्रम आयोजना

सुनाखरी न्युज/ काठमाडौं । टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ । श्रावण ६,७ र ८ मा आयोजना गरिएको यस तीन दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी थिए जहाँ उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएका थिए ।

कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए। अमेरिकामा सन् १९२४ देखि शुरु भएको टोस्टमास्टर्स इन्टरनेसनल हाल विश्वका १४९ राष्ट्रहरूमा फैलिएको छ । नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ मशुरु भएको हो । कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अङ्कुर यादवले भन्नुभयो “एक कुशल नेता ले सङ्गठन प्रति प्रतिबद्धता, समाज प्रति कृतज्ञता र आफू प्रति सचेत रहन सक्नु पर्छ । हरेक वर्ष हामी ले नयाँ प्रेरणा को साथकाम गर्नु पर्छ र यस वर्ष केहीनयाँँसिक्दै , आफु मा सकरात्मक परिवर्तन ल्याउँदै र आफु लाई सुधार्दै अघि बढ्नु पर्छ ।

सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्व डिस्ट्रिक डाइरेक्टर डि टि एम रन्जित आचार्यले नेतृत्ववर्गलाई सम्बोधनगर्दै भन्नु भयो “नेताहुनु भनेको सबै भन्दा उत्कृष्ट हुनु होइन कि हिजो को आफु भन्दाआज को आफु सुधारिनु हो । र तपाईं को प्रतिस्पर्धा अरु कोहीनभएर तपाईं को विगतहो । यसमा सफलहुन को लागितपाईं माजिम्मेवार बोध हुनु प¥यो , चनाखो हुनु प¥यो , सँधै केही न केही गरी रहनु प¥यो र आफु ले जे गरेको छ त्यसमा रमाउन सक्नु प¥यो । तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रकाचर्चित कलाकार तथा बलिउडमा पनिआफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिलथापाले प्रमुख अतिथिका रूपमा तालिमकर्तालाई सम्बोधन गरेका थिए । टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उनले यो सिप व्यक्तिगत र व्यवसयिक जीवनमा पनि लागु गर्न सके धेरै प्रगती गर्न सकिने बताउनु भयो ।

 

डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथा कार्यक्रमका अध्यक्ष डि टि एम सुमन शाक्यले ज्युले कोभिडपछिको नौलो समयलाई इङ्गितगर्दै आफ्नो स्वागत मन्तव्यमा भन्नु भयो ‘हामी टोस्टमास्टर्सहरुले एक कुशल नेतृत्वको रुपमा नयाँ नयाँ चुनौतीहरुलाई सामना गर्न सिक्नु पर्छ र यसको मन्त्रभनेको राइज रि बिल्ड र रि भाइभहो । साथै, डिस्ट्रिक्ट ४१ का डि टि एम क्लबग्रोथ डिरेक्टर मूनप्रधान र उनको समूहले तालिम कार्यक्रम को नेत्रित्व गर्नु भएको थियो . तालिममा टोस्टमास्टर्सको बजार प्रबद्र्धन गर्न, नयाँ क्लबहरू खोल्न तथाबिषयलाई पनि प्राथमिकता दि इ एको थियो । तालिम कार्यक्रम अन्तर कृयात्मक हुनु को साथै डिस्ट्रिक्ट ४१ का नवनिर्वाचित डिस्ट्रिक्ट अफिसर हरु को लागिअत्यन्तै जानकारी मुलक रहेको सहभागि हरु ले बताए । भारत बाट आएका ६२ जना सहभागीले पनि नेपालीहरूको आतिथ्यको खुलेरै प्रशंसा गरेका थिए ।