२०८१ बैशाख १८ , मंगलबार

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं –
श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् ।

 

आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्‍मा मतदान भएको हो ।

विक्रमासिंघले आफ्नै दलका दलस अलापेरुमालाई पराजित गरेका हुन् । कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् । दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् ।

 

श्रीलंकामा विरोध प्रदर्शन बढ्दै गएपछि राजापाक्षले विक्रमासिंघेलाई प्रधानमन्त्री बनाएका थिए । यसअघि उनी ५ पटक श्रीलंकाको प्रधानमन्त्री भएका थिए।