२०८१ बैशाख २१ , शुक्रवार

बाल बगैँचा सार्वजनिक

शिशिर पौडेल/ पाेखरा । बाल कवि सुवानी पौडेलद्वारा रचित कविता सगालो बाल बगैँचा सार्वजनिक भएको छ ।शनिवार उनकै जन्मथलो पोखरा १६ कुरेचौरको दिव्यजोति पुस्तकालयमा आयोजित एक कार्यक्रममा साहित्यकार मोहन प्रसाद पौडेल र बुद्धि सागर आचार्यले संग्रहको विमोचन गर्नुभयो ।

 

कार्यक्रममा साहित्यकार पौडेलले कविता लेखन कठिन भएपनि त्यसमा साधना गर्ने व्यक्तिले मात्र समय सापेक्ष कविता लेख्न सक्ने वताउनु भयो । अर्का साहित्यकार बुद्धि सागर आचार्यले सानै उमेरमा साहित्य रचना गर्ने खुवी कम व्यक्तिमा मात्रै हुने वताउदै कृति उत्कृष्ट रहेकोमा प्रशंशा गर्नुभयो ।संग्रहमा भएका कविताको समीक गर्दै साहित्यकार राम प्रसाद पौडेल घर्मेलीले बाल सुलभताको प्रशंशा गर्दै कलिलो मानस्पटलमा पनि उत्कृष्ट सिर्जना भएको वताउनुभयो ।

 

कार्यक्रममा भारती भवन मा विका प्रधानाध्यापक कृष्ण हरि ढकाल, शिक्षासेवी जयराम पौडेल,माधव आचार्य वालकवि सुवानी पौडेलले आफुले समाजमा देखे भोगेका विषयलाई कवितात्मक रूपमा प्रस्तुत गरेको वताईन ।सो अवसरमा पौडेललाई स्थानीय शर्मीला आचार्य सहितका स्थानीयले सानै उमेरमा साहित्य सिर्जनामा लागेको भन्दै सम्मान समेत गरेका थिए ।