२०८१ बैशाख १८ , मंगलबार

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति बीए-५

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ । धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ भेटिएको हो।

 

अन्य प्रयोगशालाबाट संकलन भएको नमूनाको जीन सिक्वेन्सिङ गर्ने क्रममा उक्त उपप्रजाति भेटिएको अस्पताल स्रोतले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने नेपालमा ओमिक्राने भेरियन्टको नयाँ उपप्रजाति बीए फाइभ पुष्टि भएको बारे आधिकारिक जानकारी नआएको बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले पनि आधिकारिक जानकारी नआएको बताउनुभयो ।

 

‘हामीले पनि आधिकारिक जानकारी आएको छैन। तर मिडियमा भने धुलिखेल अस्पतालमा नयाँ प्रजाति फेला परेको विषयमा पढेको हुँ। हामीले पनि जीन सिक्वेन्सिङ गरिरहेका छौं। मंगलबारसम्ममा रिपोर्ट आउँछ।’ उहाँले भन्नुभयो ।