२०८१ बैशाख १८ , मंगलबार

यूईएफए च्याम्पियन्स : म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्दै

सुनाखरी न्युज/ काठमाडौं –

यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदै छ । प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ कि सिटी संसारमा सबैभन्दा बढी रुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो ।

 

 

अर्को टोली रह्यो रियल । जुन स्पेनिस ला लिगमा उपाधि जित्न मात्र एक अंकको खोजीमा छ । ऊसँग अझै पाँच खेल बाँकी छ । दुबै टोली दुई लिगमा शीर्षस्थानमा छन् । यस अर्थमा पनि यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । खेल नेपाली समयअनुसार आज ९मंगलबार० मध्यराति पौने १ बजे सिटीको घरेलु मैदान इतिहादमा हुनेछ । दोस्रो लेग रियलको घरेलु मैदानमा ४ मे मा आयोजना हुनेछ । यसपछिको फाइनल खेल भने अर्को महिना फ्रान्स राजधानी पेरिसमा हुनेछ । पहिलो लेग अघि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र रियलका प्रशिक्षक कार्लो एन्सेलोटी दुबै आ(आफ्नो बलियो एघारलाई मैदान प्रवेश गराउनेछन् र फाइनल नजिक पुग्ने योजनामा छन् ।

 

केभिन डे ब्रुयन, बर्नाण्डो सिल्भा, फिल फोडेन, रियाद मेहरेज, रहिम स्टर्लिङ, रोड्री, केली वाल्कर, गाब्रियल जेसुस गोलरक्षक इडर्सन रियलका लागि घातक हुन सक्छन् । यता, रियलले पछिल्लो समय उच्च लयमा रहेका फरवार्ड तथा कप्तान करिम बेन्जेमालाई मुख्य हतियार बनाउने छ । अन्तिम आठको खेलमा उनले पेरिस सेन्ड जर्मेन ९पीएसजी०विरुद्ध ह्याट्रिक गरेका थिए । उनको साथमा भिनिसिअस जुनिअर, कासेमिरो, लुका मोड्रिक, डेभिड अलबा जस्ता खेलाडी छन् र उनीहरूले सिटीलाई घरेलु मैदानमा दबाब सृजना गर्ने सक्छन् । एजेन्सी