२०८१ बैशाख २१ , शुक्रवार

गुँरास लाइफ इन्स्योरेन्स क.लि. को मृत्यु दावी भुक्तानी

सुनाखरी न्युज/ काठमाडौं। गुँरास लाइफ इन्स्योरेन्स क.लि. ले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगर को मृत्यु पश्चात बीमित का इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगर लाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकम को चेक  गुँरास लाइफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा का शाखा प्रमुख ओमकार सिग्देल , कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले मिती २०७९÷०१÷०१ गते बुधबार नारायणगढ शाखा मा एक कार्यक्रम बिच चेक हस्तान्तरण गर्नुभयो ।

 

स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो , उहाँले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधीक जीवन बीमा गर्नु भएको थियो ।

 

शाखा प्रमुख सिग्देल ले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताउनुभयो ।