२०८३ भदौ २१ , आइतवार

महालक्ष्मी बैंक र अरिकल इभेन्ट्सबीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । महालक्ष्मी विकास बैंक र अरिकल इभेन्ट्सबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

सम्झौतापश्चात् महाराजगन्ज, नारायणगोपालमा रहेको अरिकल इभेन्टसमा बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले विभिन्न खानाका परिकार मा आर्कषक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ ।

यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिीजटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।