२०८१ बैशाख १८ , मंगलबार

खारकिएभमा भीषण युद्ध सुरु : शहरमा रुसलाई कडा चुनौती दिँदै युक्रेनका सेना

सुनाखरी न्युज/ काठमाडौं ।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएवमा रुसी सैनिक र युक्रेन सैनिकबीच युद्ध सुरु भएको छ । स्थानीय अधिकारीका अनुसार केही घण्टा अघि रुसका सेना शहरमा प्रवेश गरे । उता बेलायतको रक्षा मन्त्रालयले सारा युक्रेनमा रुसी सेनाको कडा प्रतिस्पर्धाको सामाना गर्नुपरिरहेको छ ।

खारकिएव रिजनल एड्मिनिस्ट्रेशनका प्रमुखले हल्का सैन्य वाहन शहरमा प्रवेश गरेको बताएका छन् । यो बयान अघि तस्बिर र भिडियो फुटेज सार्वजनिक भएका थिए जसमा रुसका थुप्र्रै बख्तरबन्द गाडीलाई उत्तर पूर्वी शहरको सडकमा देखिएका थिए । सोसल मिडिया फुटेजमा रुसी सेना शहरमा प्रवेश गरिरहेको देखिएका छन् । केही यस्ता तस्बिर पनि सार्वजनिक भएका छन् जसमा रुसका कम्तिमा दुई टाइगर गाडीमाथि आगो लगाइरहेको देख्न सकिन्छ । यद्यपि, बीबीसीले अहिलेसम्म यी तस्बिरकोम पुष्टि गरेको छैन ।

इमर्जेन्सी सर्भिसेजले एक ९ तले भवनलाई निशाना बनाइएको जसका कारण भवनमा अत्यधिक क्षती पुगेको र एक वृद्धाको मृत्युको खबर आइरहेको बताएको छ । भवनको बेसमेन्टमा शरण लिइरहेका ६० जना घाइते भएका छन् । स्थानीय प्रशासनले मानिसलाई घरभित्रै बस्न अपिल गरेका छन् । युक्रेनले रुसी सैनिकले नजिकैको एक नेचुरल ग्यास पाइपलाइनलाई पनि उडाइदिएको बताएका छन् ।

यसैबीच युक्रेनको विदेश मन्त्रालयले युक्रेनका सैनिकले एक रुसी मिसाइल नष्ट गरेको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ताले यो मिसाइलको निशानामा किएभ भएको बताएका छन् । स्मरण रहोस्, किएभमा लगातार मिसाइल हमलाको चेतावनी रसियाको तर्फबाट दिइँदैछ । राजधानीमा सोमबारसम्मका लागि कडा कर्फ्यू लागू छ ।एजेन्सी