२०८१ बैशाख १८ , मंगलबार

भविष्य उन्मुख डिजाइनमा आयोनीक ५, नेपालमा भयो विक्री सुरु

सुनाखरी न्युज/ काठमाडौं । नेपालको लागि हुन्डाईमोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रीक भेहिकलआयोनीक–५ विक्री सुरु गर्ने तयारी पूरा गरेको छ ।

 

नयाँ आयोनीक–५ भविष्यउन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, यूनीकर डाइनामीक डिजाइनमा यसलाई तयार गरिएको छ । हुन्डाईआयोनीक–५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड–२०२१’पाउन सफलभएको छ । आयोनीक–५ हुन्डाईको नयाँ आयोनीकलाइन अप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रीक भेहिकलप्लेटफर्म’मा बनेको हो । आयोनीक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफलहुने कम्पनीले विश्वास लिएको छ ।

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’मानिर्माण भएको आयोनीक–५ मारियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमाशोलार वाभिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथाभोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनीक–५ को लन्चीङसँगै ‘स्टेट अफदि आर्ट’नयाँ इलेक्ट्रीक कारको लागिमात्रै शोरुम संचालनमा ल्याएको छ । इभीको लागिमात्रै बन्ने शोरुममाअहिले विक्रीभइरहेको कोना, आयोनीक र आयोनीक ५ राखिने छ ।

 

इलेक्ट्रीक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियमएक्सपिरीयन्सप्रदानगर्न सफलहुने हामीले विश्वास लिएका छौं । कम्पनीले इभीविक्रीमात्रगर्नेनभई नेपालमाइभीकल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तैयारी गरिरहेको छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा१३ वटा डिलर र१९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवादिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादक मध्य हो । कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकलबनाउदै विश्वका करौडौ ग्राहकहरुको मन जित्न सफलभएको छ ।