२०८१ बैशाख १८ , मंगलबार

भक्तपुरमा घरबाट खसेर ७८ वर्षीय वृद्धको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं।

भक्तपुरमा घरबाट खसेर एक वृद्धको मृत्यु भएको छ।

 

सोमबार बिहान भक्तपुर नगरपालिका-१ सल्लाघारी यातायात कार्यालय नजिकै बस्ने वृद्ध आफ्नै घरबाट खसेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। आफ्नै घरको पहिलो तलाबाट अचानक खस्दा ७८ वर्षीय दिपककुमार भुसाल गम्भीर घाइते भएका थिए।

 

उपचारको लागि उनलाई डा. ईवामुरा अस्पताल सल्लाघारी लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।