२०८१ बैशाख १८ , मंगलबार

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्रलाई

सुनाखरी न्युज/ काठमाडौं ।

 

सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३ औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् ।

 

जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ ।