
सुनाखरी न्युज/ काठमाडौं ।
शुक्रबार शेयरबजार कारोबारमा गिरावट आएको छ । नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५३ वटा कम्पनीको १ करोड ३१ लाख ९८ हजार १५७ कित्ता शेयर किनबेच भए । बजारमा ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो । ५९ कम्पनीको मूल्य बढ्यो भने २०३ को घट्यो । त्यस्तै १७ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज बैंकिङ र निर्जीवन बीमा समूह समूह बढे । बैंकिङ ०.०७ तथा निर्जीवन बीमा ०.३० प्रतिशत बढे । विकास बैंक ०.७६, फाइनान्स ०.०४, होटल तथा पर्यटन ०.१४, जलविद्युत् ०.७४, लगानी ०.४१, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.६५, माइक्रोफाइनान्स ०.५२, अन्य ०.४४ तथा व्यापार ०.१७ प्रतिशत घटे ।
एनआईसी एसिया बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत बढ्यो । मान्डु हाइड्रोपावरको ४.७६, बेस्ट फाइनान्सको ४.३०, उपकार लघुवित्तको ३.१३, माथिल्लो मैलुङखोला जलविद्युतको ३.०६ प्रतिशत मूल्य बढ्यो । सोपान फर्मास्युटिकल्सको मूल्य ५.३७, युनिक नेपाल लघुवित्तको ४.६४, बेनी हाइड्रोपावरको ४.२७, भुजुङ हाइड्रोपावरको ४.२१, स्वस्तिक लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल तराईको मूल्य ३.४९ प्रतिशत घट्यो ।
शुक्रबार लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २८७ रूपैयाँमा २४ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०.०७ प्रतिशत बढेको हो । ग्लोबल आइएमई बैंकको २७८ रूपैयाँ ९० पैसामा २१ करोड ६७ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।