
सुनाखरी न्युज/ काठमाडौं ।
मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालि (ब्रोकर नम्बर ७३) तीन कार्य दिनका लागि निलम्बनमा परेको छ । तोकिएको समयावधिभित्र धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट कार्य नगरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उक्त कम्पनीलाई निलम्बन गरेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले राफसाफ तथा फछ्र्योट कार्य निर्धारित समयभित्र सम्पन्न नगरेको भन्दै निलम्बनका लागि सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम तीन कार्य दिनका लागि कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।