२०८३ मंसिर ११ , बिहिवार

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

eknarayan-aryal

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृहमन्त्रालय स्रोतले अर्याल पक्राउ परेको जनाएको हो ।मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।

प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गर्‍यो । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने चाहिँ बताउन चाहेन । यद्यपि गृह मन्त्रालयको स्रोतले भने उनलाई भारतको कलकत्ताबाट पक्राउ गरेर नेपाल ल्याइँदै गरेको बताएको छ ।