२०८३ मंसिर ११ , बिहिवार

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Gold-Silver (1)

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।त्यस्तै, बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।