
सुुनाखरी न्युज/ काठमाडौ।
चितवन को-इ समूह (Chitawon Co-E Group) अन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रा.लि. (Resorts by Manakamana Cablecar (P) Ltd.) द्वारा स्वामित्व तथा सञ्चालित र मनकामनाको पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्ट (Manakamana Hillcrest Resort) ले, आज मंसिर ८ गते, आफ्नो पहिलो वर्षको सफल सञ्चालन पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । मनकामनामा सुबिधा सम्पन्न र आरामदायी बसाइको अनुभव प्रदान गर्दै यस क्षेत्रलाई तीर्थाटनसँगै र त्योभन्दा परको एक आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ रिसोर्ट अघि बढिरहेको छ । पहिलो वर्ष अत्यन्त सन्तोषजनक र उत्साहजनक रहेको जनाएको छ ।
हाम्रो समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठज्यूको दीर्घकालीन परिकल्पना र योजनामा तयार भएको यो रिसोर्ट निर्धारित समयभन्दा केही ढिलो गरी सञ्चालनमा आए पनि उहाँप्रतिको सच्चा समर्पण र अविस्मरणीय स्मृतिका रूपमा यसको औपचारिक उद्घाटन मनकामना केबलकार सञ्चालन भएको मितिमै मिलाइएको थियो । आगामी वर्षहरूमा उहाँको उदाहरणीय दूरदृष्टिमा अडिग रही अघि बढ्न रिसोर्ट परिवार पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।
सेवा, गुणस्तर र पाहुनाको सन्तुष्टिमा अझ सुधार ल्याउन निरन्तर साथ, सहयोग र सुझाव प्रदान गर्नुहुने सम्पूर्ण पाहुनाहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ । साथै, रिसोर्टको विकासमा अहोरात्र समर्पित रहनुहुने व्यावसायिक कर्मचारी टोली, मनकामनाका स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
यसका साथै, रिसोर्टलाई निरन्तर साथ र सहयोग गर्नुहुने साझेदार ट्राभल एजेन्सीहरू तथा पर्यटन र आतिथ्य क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूप्रति विशेष धन्यवाद व्यक्त गरेको छ ।
अन्त्यमा, मनकामनालाई नेपालको एक प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने क्रममा आगामी दिनहरूमा अझ स्तरीय सेवा र गतिविधिहरू प्रदान गर्न हामी पुनः प्रतिबद्धता व्यक्त गरेको छ ।