२०८३ मंसिर ८ , सोमवार

नेपाल बैंकर्स संघद्वारा आयोजित पहिलो अन्तर–बैंक फुटसल कप २०२६ सम्पन्न

bbb
सुनाखरी न्युज/ कठमाडौं ।
नेपाल बैंकर्स संघद्वारा आयोजित पहिलोे ‘NBA अन्तर–बैंक फुटसल कप २०२६’ सम्पन्न भएको छ । मंसिर ५ र ६ गते सञ्चालन भएको प्रतियोगितामा नेपालका २० वाणिज्य बैंकहरूको सहभागिता रहेको थियो । खेल पुरुष तथा महिला गरि दुई विधामा संचालन गरिएको थियो ।
पुरुषतर्फको खेलमा लक्ष्मी सन्राइज बैंक लि. विजेता तथा एनएमबि बैंक लि. उपविजेता बन्न सफल भएका छन् । त्यसैगरी, महिलातर्फ एनएमबि बैंक लि. विजेता तथा कृषि विकास बैंक लि. उपविजेता बनेका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत विधाका पुरस्कारसमेत प्रदान गरिएको थियो । पुरुष तथा महिला दुवै विधामा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडी लाई सम्मान गरिएको थियो
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दिर्घ बहादुर रावल प्रमुख अथितिको रुपमा तथा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला र उपाध्यक्ष सुरेन्द्र राज रेग्मीको  उपस्थिति रहेको थियो । उहाँहरुले प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरूलाई ट्रफी तथा पदक वितरण गर्नुभएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टिमहरूले निकै उत्साहित र अनुशासित  रुपमा खेल प्रदर्शन गरेका थिए । प्रतियोगिताले बैंकिङ क्षेत्रका कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य, टिम भावना तथा स्वस्थ प्रतिस्पर्धाको संस्कृति विकास गर्नुका साथै, नियमित कार्यव्यस्तताभन्दा बाहिर कर्मचारीहरूलाई खेलकुदमार्फत एकआपसमा जोड्ने, कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य र समग्र कल्याणलाई प्रोत्साहन गर्ने तथा बैंकिङ क्षेत्रभित्रको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य प्रतियोगिताले लिएको थियो ।
नेपाल बैंकर्स संघले आगामी वर्षहरूमा पनि यस्ता खेलकुद तथा सहकार्य प्रवद्र्धन गर्ने गतिविधिलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रका कर्मचारीहरूबीच आपसी सम्बन्ध र एकतालाई थप सुदृढ बनाउने अपेक्षा राखेको छ ।