२०८३ मंसिर ८ , सोमवार

प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान

Balen_Modi2026-11-23-10-36-27_1000x604_50

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका छन् । राष्ट्रपति कार्यालयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई सम्मान गरेका हुन्।

शाहलाई ‘गार्ड अफ अनर’ बाट स्वागत गर्न राष्ट्रपति कार्यालय झकिझकाउ बनाइएको थियो। अब केहीबेरमा दुवै देशका प्रधानमन्त्रीबीच हैदरवाद भवनमा भेटवार्ता र छलफल हुनेछ। मोदीले आजै शाहलाई दिवा भोजमा पनि सरिक गराउने कार्यक्रम छ।

मोदीले औपचारिक रूपमा स्वागत गरेसँगै प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । मोदीको निमन्त्रणामा बालेन दुई दिने भारत भ्रमणमा गएका हुन् । यसपछि प्रधानमन्त्री बालेनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँष् शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।