२०८३ मंसिर ८ , सोमवार

सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Gold-Silver

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो।

योसँगै प्रतिततोला सुन २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ४२ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार ११० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।