
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण आज हुँदैछ । प्रधानमन्त्री शाह आइतबार दिउँसो दिल्ली उत्रिँदैछन् ।
विगतमा प्रधामन्त्रीहरू विदेश भ्रमणमा जाँदा नेपालमा देखिने तामझाम हुने छैन । भारत आउँदा प्रधानमन्त्री बालेनले नेपालको विमानस्थलमा सबै उच्च पदस्थ अधिकारीहरूलाई बिदाइमा बोलाउने छैनन् ।
उनले न्यूयोर्क जाँदा नै यो परम्परा तोडिसके । भारतको यो राजकीय भ्रमणमा पनि उनले त्यहाँ तामझाम नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।
भारतमा उनको सम्मानमा हुने गार्ड अफ अनर हुनेछ । उनी त्यसमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको यो भ्रमण निकै छोटो छ । उनी करिब २५ घण्टा मात्र दिल्ली बस्दैछन् । आइतबार दिउँसो सवा ३ बजे दिल्लीमा अवतरण गर्ने उनी सोमबार दिउँसो ४:५० बजे नेपाल फर्किनेछन् ।