
सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३/ ८४ को तीन महिना ( साउनदेखि असोज ) सम्ममा कुल सात खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०८२/ ८३ को यही अवधिमा ५ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रिएको थियो । २७ प्रतिशतले धेरै रेमिट्यान्स भित्रिएको हो ।
असोज महिनामा मात्रै करिब दुई खर्ब ६७ अर्ब रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो । करिब ३९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । पछिल्लो सात महिनादेखि निरन्तर मासिक दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ ।
चाडपर्व नजिकिँदा समेत तुलनात्मक रूपमा अन्य महिनामा भन्दा रेमिट्यान्स भित्रिने दर बढ्ने गर्छ ।