२०८३ मंसिर ६ , शनिवार

तीन महिनामै भित्रियो ७ खर्ब रुपैयाँ रेमिट्यान्स

remittence-768×417-1

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/ ८४ को तीन महिना  ( साउनदेखि असोज )  सम्ममा कुल सात खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०८२/ ८३ को यही अवधिमा ५ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रिएको थियो । २७ प्रतिशतले धेरै रेमिट्यान्स भित्रिएको हो ।

असोज महिनामा मात्रै करिब दुई खर्ब ६७ अर्ब रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो ।  करिब ३९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । पछिल्लो सात महिनादेखि निरन्तर मासिक दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ ।

चाडपर्व नजिकिँदा समेत तुलनात्मक रूपमा अन्य महिनामा भन्दा रेमिट्यान्स भित्रिने दर बढ्ने गर्छ ।