२०८३ मंसिर ६ , शनिवार

आज हरिबोधिनी एकादशी

Tulashi

सुनाखरी न्युज/ काठमाडौं ।
हरिबोधिनी एकादशी पर्व आज देशभर भगवान् विष्णुको पूजा आराधना र तुलसी–दामोदरको विवाह गरी मनाइँदैछ।

यस अवसरमा देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ।

हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ।

त्यसैले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो। यसलाई वर्षकै ठूलो एकादशीका रूपमा पनि लिइन्छ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनालाई चतुर्मास भनिन्छ।

यस अवधिमा भगवान् विष्णु शयन गर्ने धार्मिक मान्यताअनुसार विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य गरिँदैन।

आज विष्णु ब्युँझिएसँगै चतुर्मास समाप्त हुने र माङ्गलिक कार्य सुरु गर्ने परम्परा छ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको आज विधिपूर्वक विवाह गरिन्छ।