२०८३ मंसिर ४ , बिहिवार

भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते

40de06c1-9de4-4aae-9bcd-0e1748114e36-1-1024×768-1

सुनाखरी न्युज/ काठमाडौं ।

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।दुर्घटनामा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए ।

अन्य एक मृतकको परिचय खुलेको छैन । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना. १ ज २१४३ नम्बरको सुमो जिप बुधबार बिहान करिब ८ः३५ बजे हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।

दुर्घटनामा जिप चालकसहित १० जना घाइते भएका थिए ।  प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारका क्रममा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्।