
सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम अर्धठोस सुनकोसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुवा वाङ रहेका छन् ।
नेपाल वायुसेवा निगमको उडान नम्बर RA410 मार्फत हङकङबाट काठमाडौं आएका वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाई ल्याएको सुनको पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार चार थान उक्त पदार्थ प्लास्टिकको प्याकिङसहित १ किलो ८०३.७७ ग्राम रहेको छ ।