२०८३ मंसिर ३ , बुधवार

११ अंंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

NEPSE-Building

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारमा आज पनि गिरावट आएको छ। अघिल्लो दिन मंगलबार १२.७९ अंकले घटेको नेप्से परिसूचक यसदिन ११।०५ अंकले घटेर बन्द भएको हो।

नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ। यसदिन ३४७ वटा स्क्रिप्सको १ करोड ६२ हजार ६०५ कित्ता सेयर ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ७० वटा स्क्रिप्सको मूल्य बढ्दा १९९ वटाको घट्यो। बाँकी १० स्टक्सको मूल्य भने स्थिर रह्यो। सेयर कारोबार दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।