२०८३ मंसिर ३ , बुधवार

नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

Kp-Oli-1-768×552

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा  ( एमाले )  को राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै छ । काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा बिहान ११ बजेदेखि भेला सुरु हुने एमालेलेले जनाएको छ । भेलाका लागि अधिकांश सहभागी काठमाडौं आइसकेका छन् । भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको पार्टीले जनाएको छ ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल हुनेछ ।

भेलाका एजेन्डालाई सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ । भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।