२०८३ मंसिर ३ , बुधवार

एनपीएल : काठमाण्डु र चितवन आज इलिमिनेटरमा भिड्दै

NPL_cover-r

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रिमियर लिग  ( एनपीएल )  क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ : ३० बजे सुरु हुनेछ ।

लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमान्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा छ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

इलिमिनेटर विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनल खेल्ने तालिका छ । लिग चरणका ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेर काठमाण्डु तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।