
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले अधिकृतदेखि सहायकसम्मका ६१ जना कर्मचारी भर्ना गर्नका लागि लागि विज्ञापन खुलाएको छ ।
सहायक निर्देशकदेखि सहायकसम्मका पदमा खुला परीक्षाबाट पदपूर्ति गर्न राष्ट्र बैंकले विज्ञापन खुलाएको हो ।
दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १७ गते तोकिएको छ । उक्त मितिसम्म दरखास्त दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरी मंसिर २४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना माग गरिएको छ ।
यसैगरी लेखारलेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीकै सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फको सहायक निर्देशक पद ९अधिकृत तृतीय श्रेणी०मा २ जना र सूचना प्रविधितर्फको सहायक निर्देशक पद (अधिकृत तृतीय श्रेणी) मा चार जना कर्मचारी माग गरिएको छ ।
त्यस्तै, सहायक द्वितीय श्रेणी अन्तर्गतको सहायक पदमा २६ जना कर्मचारी माग गरिएको छ । यी पदमा खुला तथा समावेशी समूहबाट पदपूर्ति गरिने बैंकले जनाएको छ ।