२०८३ मंसिर २ , मंगलबार

सरकारद्धारा १९ विधामा करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान

kardata-1794893127-669ea916-74ec-4fb2-829e-5f36c2ac0bb5

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले विभिन्न १९ विधामा उत्कृष्ट योगदान पुर्‍याउने करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरूलाई सम्मान गरेका हुन् । यस वर्ष भाटभटेनी सुपरमार्केटले विशेष सम्मान प्राप्त गरेको छ ।  कठिन परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिएको, राजस्वमा योगदान पुर्‍याएको र रोजगारी संरक्षण तथा सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले भाटभटेनीलाई सम्मान गरेको हो ।

बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ । वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएको छ । त्यसैगरी कृषि एवं पशुपक्षीजन्यमा ओसिबी एण्ड फुड्स फिड्स प्रालि रहेका छन् ।

यस्तै बैङ्किङ्ग क्षेत्रमा कारोबार गर्नेमा नबिल बैंक, स्वास्थ्य तथा शैक्षिकतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा सिजी इम्पेक्स प्रालि रहेको छ । यस्तै ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्नेमा फुड एण्ड विभरेज टेक्नोलोजी रहेको छ । ऊर्जा उधोगतर्फ भोटेको हाईड्रोपावर, रेमिटेन्स तथा मनी ट्रान्सफर तर्फ आईएमई लिमिटेड रहेको छ । यस्तै व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्नेमा राजबहादुर शाह रहेको छ ।

विसं २०७७ देखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर तिर्नेमा हिमालयन डिष्टिलरी लिमिटेड रहेको छ । रु ५० करोडसम्म वार्षिक कारोबार गर्ने करदातामा इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगहरूमध्ये वरुण विभरेज, जीवन बीमा क्षेत्रमा संस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेशन, निर्जीवनमा सिद्धार्थ प्रिमियर र लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त रहेको छ । । सरकारले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।