२०८३ मंसिर २ , मंगलबार

बैंकहरूको ब्याजदर मंसिरमा पनि घट्यो

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्ने क्रमले मंसिरमा पनि निरन्तरता पाएको छ । मंसिरका लागि  बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा दर घटेको छ । यद्यपि धेरैजसो बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेको छ ।

 

कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.०१३ प्रतिशत रहेकोमा मंसिरमा ३.९०६ मा झरेको छ ।

 

कात्तिकको तुलनामा मंसिरमा ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ ले स्थिर राखेका छन् ।