
सुनाखरी न्युज/ काठमाडौं ।
आजको राशिफल
मेषः आज चन्द्रमाको गोचर कर्म भावमा रहनेछ। काममा सफलता मिल्ने योग छ। व्यापार र व्यवसायबाट राम्रो आम्दानी हुनेछ। रोकिएका पुराना कामहरू बन्न थाल्नेछन्। नयाँ कामको थालनी गर्न आजको दिन उत्तम छ। परिवारमा सुख र शान्ति छाउनेछ। मानसम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ।
वृषः आज भाग्य स्थानमा चन्द्रमा रहेकाले भाग्यको पूर्ण साथ मिल्नेछ। धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। छठ पूजाको अवसरमा तीर्थयात्राको योग बनेको छ। लामो दूरीको यात्रा फलदायी हुनेछ। गुरुजन तथा मान्यजनको आशीर्वाद प्राप्त हुनेछ। अध्ययन र अध्यापनमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल बन्दै जानेछ। परिवारका सदस्यहरूसँग रमाइलो समय बित्नेछ।
मिथुनः आज चन्द्रमा अष्टम भावमा रहने भएकाले विशेष सावधानी अपनाउनु होला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ। अनावश्यक खर्च बढ्ने सम्भावना छ। नयाँ लगानीका लागि आजको दिन त्यति अनुकूल छैन। सवारी साधन चलाउँदा होसियारी अपनाउनु होला।
कर्कटः आज सप्तम भावमा चन्द्रमाको उपस्थितिले दाम्पत्य जीवन सुखमय बनाउनेछ। जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ। साझेदारीमा गरिएका व्यापार व्यवसायबाट राम्रो मुनाफा हुनेछ। प्रेम सम्बन्ध विवाहमा परिणत हुने योग छ। नयाँ मित्रहरूसँग भेटघाट हुनेछ। रमाइलो यात्राको सम्भावना रहेको छ। छठ पर्वको रौनकले मन प्रसन्न रहनेछ।
सिंहः आज छैटौँ भावमा चन्द्रमा रहेकाले शत्रुहरू परास्त हुनेछन्। प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ। पुराना रोगहरूबाट मुक्ति मिल्ने योग छ। न्यायिक तथा कानूनी मामिलामा विजय प्राप्त हुनेछ। मावली पक्षबाट विशेष सहयोग मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ रहनेछ। आर्थिक अवस्था मजबूत बन्नेछ। छठ पर्वको पूजाआजामा मन रमाउनेछ।
कन्याः आज पञ्चम भावमा चन्द्रमाको गोचरले बौद्धिक क्षमतामा वृद्धि हुनेछ। विद्यार्थी वर्गका लागि आजको दिन निकै उत्तम छ। पठनपाठनमा मन लाग्नेछ र सफलता मिल्नेछ। सन्तान सुख प्राप्त हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। रचनात्मक तथा कलात्मक कार्यमा रुचि बढ्नेछ। शेयर बजार वा आकस्मिक धन लाभको योग छ।
तुलाः आज चौथो भावमा चन्द्रमा रहेकाले पारिवारिक विषयमा विशेष ध्यान दिनुपर्नेछ। आमाको स्वास्थ्यमा सामान्य गडबडी आउन सक्छ। घरजग्गा तथा सवारी साधनसम्बन्धी काममा केही ढिलासुस्ती हुन सक्छ। मनमा अनावश्यक चिन्ता बढ्न सक्छ। कार्यक्षेत्रमा सोचेजस्तो सफलता नमिल्न सक्छ। आफन्तहरूसँग मतभेद हुन सक्ने भएकाले बोलीमा ध्यान दिनुहोला।
वृश्चिकः आज तृतीय भावमा चन्द्रमाको गोचरले पराक्रम र साहसमा वृद्धि हुनेछ। दाजुभाइ तथा दिदीबहिनीको पूर्ण सहयोग मिल्नेछ। छोटो दूरीको रमाइलो यात्रा हुन सक्छ। व्यापार व्यवसायमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। रोकिएका कामहरू तीव्र गतिमा अघि बढ्नेछन्। छठ पर्वको उत्साहले मन प्रफुल्लित रहनेछ।
धनुः आज धन भावमा चन्द्रमा रहेकाले आर्थिक पक्ष निकै सबल रहनेछ। रोकिएको धन फिर्ता आउने योग छ। बोलीको प्रभावले महत्त्वपूर्ण कामहरू बन्नेछन्। परिवारमा सुख र समृद्धि छाउनेछ। छठ पर्वको अवसरमा मिष्ठान्न भोजनको आनन्द लिन पाइनेछ। बचतमा वृद्धि हुनेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ।
मकरः आज तपाईँकै राशिमा चन्द्रमाको गोचर रहेकाले मन प्रशन्न र उत्साहित रहनेछ। शारीरिक तथा मानसिक स्फूर्ति बढ्नेछ। व्यक्तित्वमा निखार आउनेछ। समाजमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ। छठ पर्वको विशेष रौनकले घरपरिवारमा खुसी छाउनेछ। नयाँ कार्यको थालनी गर्न आजको दिन शुभ छ।
कुम्भः आज बाह्रौँ भावमा चन्द्रमा रहेकाले अनावश्यक खर्च बढ्ने सम्भावना छ। आर्थिक कारोबार गर्दा विशेष सतर्कता अपनाउनु होला। विदेश यात्रा वा वैदेशिक रोजगारीका कामहरू बन्न सक्छन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, आराम गर्नुहोला। अनावश्यक दौडधुप बढ्न सक्छ।
मीनः आज लाभ स्थानमा चन्द्रमाको गोचरले विभिन्न स्रोतबाट धन लाभ हुनेछ। व्यापार व्यवसायमा मनग्य आम्दानी हुनेछ। रोकिएका कामहरू पूरा हुनेछन्। मित्रजन तथा आफन्तहरूको पूर्ण सहयोग मिल्नेछ। छठ पर्वको अवसरमा रमाइलो भेटघाट हुनेछ। इच्छा र आकाङ्क्षाहरू पूरा हुने दिन छ। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ।