२०८३ मंसिर २ , मंगलबार

अमेरिकामा हवाई सेवा अझै प्रभावित

amrica-flight-14112026030837-1000×0

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकामा विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् ।

उड्डयनसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन् । शनिबार पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द र ८ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए ।

 

अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा गरेका छन् । तर विमान र चालक दल ९क्रु० निर्धारित स्थानमा नरहेकाले सेवा नियमित हुन केही समय लाग्ने उनको भनाइ छ ।