
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रिमियर लिग ( एनपिएल ) सिजन ३ अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १५३ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो।
कर्णालीका लागि हुसैन तलातले अर्धशतकीय इनिङ्स खेले। उनले ३३ बलमा २ चौका र ३ छक्काको मद्दतले अविजित ५१ रन बनाए। तलातले अन्तिमसम्म क्रिजमा टिकेर टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए।
कर्णालीका ओपनर अरिफुल इस्लामले आक्रामक सुरुवात गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन बनाए। गुल्सन झाले ६ बलमा १८ रन थपे। उनले १ चौका र २ छक्का प्रहार गरे।