२०८३ कार्तिक २९ , शनिवार

छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा

Public Holiday

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले आगामी सोमबार (३० कात्तिक) मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जनाएका छन् ।