२०८३ कार्तिक २५ , मंगलबार

बंगलादेश फर्कन शेख हसिनाद्वारा मागिन राहदानी, सरकारले गर्यो अस्वीकार

sheikh-hasina-

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा बंगलादेश फर्कने तयारीस्वरूप राहदानी र राष्ट्रिय परिचयपत्र माग्दै दिल्लीस्थित बंगलादेशी दूतावासमा पत्र पठाएकी छन्।
तर, बंगलादेशको अन्तरिम सरकारले उनलाई फरार अपराधी भन्दै राहदानी दिन अस्वीकार गरेको छ र भारतसँगको सुपुर्दगी सन्धिअनुसार स्वदेश फर्काएर कानुनी कारबाही गर्न चाहेको छ।
हसिनाको सम्भावित फिर्तीले बंगलादेशको आन्तरिक राजनीतिमा तनाव बढाउनुका साथै चिसिएको बंगलादेश–भारत सम्बन्धमा समेत नयाँ कूटनीतिक जटिलता ल्याउन सक्ने देखिएको छ।

हसिनाका सहयोगीहरूका अनुसार उनी अदालतसमक्ष आत्मसमर्पण गर्न स्वदेश फर्कन चाहन्छिन्।